एयरपोर्टमै विद्या बालनले यसो भने पछि…



काठमाडौ, चैत्र ३
सिनेमा बेगम जानको प्रमोशनमा व्यस्त अभिनेत्री विद्या बालन केही दिन अघि मात्रै कलकत्ता गएकी थिईन् । त्यसबखत एयरपोर्टमा एक फ्यान उनीसँग सेल्फी लिन आए । बिद्या पनि उनको मन राख्नको लागि सेल्फी खिच्न तयार भईन् ।

तर सेल्फी लिने समयमा ती फ्यानले बिद्याको काँधमा हात राखे जसले उनलार्ई असहज भयो । ती फ्यानको नराम्रो व्यवहारले विद्यालाई निकै रिस उठ्यो । विद्याले सबैका अगाडि, ‘तमिज छैन । के गर्नु भएको यो ?’ भनेर सोधिन् ।

यो घटनाले निकै दुखी भएकी विद्याले हालै मात्र एक चर्चित अनलाईनलाई अन्र्तवार्ता दिँदै भनेकी छिन्, ‘जब एउटा केटा वा केटीले हाम्रो काँधमा हात राख्छ । हामीलाई अप्ठ्यारो हुन्छ । हामी पब्लिक प्रोपर्टि हैनौँ । पब्लिक फिगर हौँ ।’

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
संस्थापक / प्रधान सम्पादक : ध्रुब सुबेदी
     
           
facebook
© 2022 Deshko News