आलियाले जन्मदिनमा‘नयाँ नाम’पाइन् !



काठमाडौ, चैत्र ३
बलिउड उद्योगमा कम उमेरमा राम्रो अभिनय गर्न सक्षम मानएकी आलिया भाट २४ बर्ष पुगेकी छिन् । कम उमेरमा पोख्त अभिनय गर्न सफल भएकै कारण आलियालाई ‘लेडी नसीरुद्दीन शाह’ नाम दिइएको छ ।

आलियाले यो नाम हालै ‘बद्रीनाथ की दुल्हनिया’को सेटमा पाइन्, जहाँ उनलाई ‘लेडी नसीरुद्दीन शाह’ भनेर बोलाइन्थ्यो । किनकि, उनी अभिनेता नसीरले झै स्क्रिप्ट पढेपछि फिल्ममा आफ्नो भूमिका छिट्टै ‘क्याच’ गर्छिन् ।

बद्रीनाथ की दुल्हनियाका एक अभिनेता साहिल वैद्य भन्छन्, ‘आलिया आफ्ना बुबा महेश भाट जस्तै बोल्छिन् र उनी नसीर जस्तै अभिनय गर्छिन् ।’ उनले भने, ‘आलियाको उमेर अझै कलिलै छ, तर उनको अभिनयमा निक्कै आत्मविश्वास र परिपक्वता छ ।’

आलिया भाटले फिल्म ‘उड्ता पञ्जाब’ र ‘डियर जिन्दगी’बाट पाएको अवार्ड उनको अभिनयको प्रमाण हो । अहिले प्रदर्शन भइरहेको फिल्म ‘बद्रीनाथ की दुल्हनिया’ले पनि निक्कै राम्रो व्यापार गरिहेको छ ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
सिधा सम्पर्क : ९८५२०५२२००
           
संस्थापक / प्रधान सम्पादक : ध्रुव सुबेदी
     
           
facebook
© 2023 Deshko News