‘यो साइनाे मायाकाे’ भोली देखि देशभर प्रदर्शन हुने


 


काठमाडौ, चैत्र ३
युवाहरूका लागि बहुप्रतिक्षित बनेको चलचित्र ‘याे साइनाे मायाकाे’ भोली चैत्र ४ गते देशभर प्रदर्शन हुने भएको छ । म्युजिकल लभस्टोरी चलचित्रको रूपमा रहेको यस चलचित्रमा जतिन ताम्राकार र रेश्मा घिमिरेको मुख्य भुमिका रहेको छ ।

यस चलचित्रलाइ विशेष गरि युवा उमेरका दर्शकहरूले मन पराउने आशा निर्माण टिमले गरेको छ । अरुणकुमार प्रधान निर्देशित यो चलचित्रले प्रेम र संगितलाइ नयाँ ढंगबाट प्रस्तुत गरेको छ ।

चैत्र ४ बाट प्रदर्शनमा आउने नेपाली चलचित्र ‘यो साईनो मायाको’ को ट्रेलर रिलिज गरिएको छ । संचारकर्मीका रूपमा लामो समय काम गरेका जतिन ताम्राकारसँगै रेश्मा घिमिरे, किशोर भण्डारी, राजु कमेडी, नवनितराज प्रधान, सुनिता श्रेष्ठ लगायतको अभिनय चलचित्रमा देख्न पाइन्छ ।

प्रकाशित मिति: ३ चैत्र २०७३, बिहिबार

प्रतिक्रिया दिनुहोस्