जिल्ला अदालत काठमाडौंमा उपस्थित भए पत्रकार दिलभूषण पाठक
काठमाडौं । साइबर अपराध गरेको आरोप लागेका पत्रकार दिलभूषण पाठक जिल्ला अदालत काठमाडौंमा उपस्थित भएका छन् ।
साइबर अपराध गरेको आरोपमा मुद्दा दायर भएकाले पाठक जिल्ला अदालत उपस्थित भएका हुन् ।
अब उनीविरुद्ध थुनछेक बहस हुनेछ ।
युट्युबमार्फत घृणा र द्वेष फैलाएको आरोपमा नेपाल प्रहरीको साइबर ब्यूरोले पाठकविरुद्ध १६ असारमा मुद्दा दायर गरेको थियो ।
प्रकाशित मिति: १९ असार २०८२, बिहिबार
















