गरिमा विकास बैंक नेपाल पेमा आवद्ध



काठमाडौं १९ असार । गरिमा विकास बैंक लिमिटेड र नेपाल क्लियरिङ हाउस लिमिटेडबीच एनपिएस एनसिएस तथा नेपाल पेको प्रिन्सिपल मेम्बरसिपका लागि सम्झौता भएको छ ।
सम्झौतापत्रमा बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत माधव प्रसाद उपाध्याय र नेपाल क्लियरिङ हाउस लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत निलेश मान सिंह प्रधानूले हस्ताक्षर गर्नु भएको हो ।

एनसीएचएलले हालै एनपिएस एनसिएसको पूर्वाधारको तयारी पूरा भएको घोषणा गर्दै बैंक तथा वित्तीय संस्थाहरुलाई नेपालको आफ्नै डोमेस्टिक कार्ड स्किम नेपाल पे इस्यूइङ्ग र अक्वायरिङ्गका लागि आफ्नो स्विच इन्टिग्रेट गर्न आग्रह गरेसँगै गरिमा विकास बैंकले ग्राहकहरुका लागि उक्त कार्ड इस्यू तथा अक्वायर गर्न सक्नेछन् ।

प्रकाशित मिति: १९ असार २०८२, बिहिबार

प्रतिक्रिया दिनुहोस्