एभरेष्ट बैंकको १३३ औँ शाखा बर्दिबासमा
काठमाडौँ १९ असार । एभरेष्ट बैंकले महोत्तरी बर्दिबासमा आफ्नो १३३ औँ शाखा विस्तार गरेको छ ।
यो शाखासँगै मधेश प्रदेशमा बैंकको शाखा संख्या १५ पुगेको छ । यस शाखाको उद्घाटनसँगै महोत्तरी बासीले अत्याधुनिक, सरल र सहज बैँकिङ्ग सुविधा लिनसक्ने विश्वास बैंकले गरेको छ ।
बर्दिबास नगरपालिकाका मेयर प्रहलाद कुमार क्षेत्री र बैंकका प्रमुख कार्यकारी अधिकृत सुदेश खालिङबाट संयुक्त रुपमा उद्घाटित सो समारोहमा बर्दिबास नगरपालिका वडा नं १ का वडा अध्यक्ष भोला खड्काू, बर्दिबास उद्योग बाणिज्य संघका अध्यक्ष विष्णु खड्का, बैंकका मधेश प्रदेशका प्रदेश प्रमुख पुष्पराज उप्रेती, बैंकका अन्य कर्मचारीलगायत स्थानीयवासीको उत्साहजनक उपस्थिती रहेको थियो ।
बर्दिबासमा बैंकको शाखा कार्यालय स्थापनासँगै अब यस क्षेत्रको आर्थिक गतिविधि अझ बढ्न गई समग्र आर्थिक विकाशमा थप टेवा पुग्ने बैंकको विश्वास छ ।
प्रकाशित मिति: १९ असार २०८२, बिहिबार
















