जब फोटोग्राफरको खुट्टामाथि शाहरुखको कार चढ्यो…


 


काठमाडौं, चैत ४

बुधबार राति बलिउड अभिनेता शाहरुख खान आलिया भाटको २४औँ जन्मदिन मनाउन उनको घर पुगे । आलियाको घर पुग्ने क्रममा शाहरुखको कार एक फोटोग्राफरको खुट्टामाथि चढ्यो । तर, शाहरुखले मानवीयता देखाउँदै नम्र भएर उक्त फोटोग्राफरलाई हस्पिटल भर्ना मात्र गराएनन्, उनले आफ्नो नीजि चिकित्सकलाई फोटोग्राफरको उपचार गर्न समेत लगाए ।

यद्यपी, फोटोग्राफरलाई खासै ठूलो चोट भने लागेको छैन र अवस्था नियन्त्रणमै छ । एक प्रत्यक्षदर्शीका अनुसार, ‘फोटोग्राफर यो क्षेत्रमा नयाँ रहेको र उनी शाहरुखलाई हेर्न निक्कै उत्सुक थिए ।

यसै क्रममा उनले शाहरुखको तस्विर लिने प्रयास गर्दै थिए, तर उनलाई कुदिरहेको कारको नजिक पुग्दा आफूलाई चोट लाग्नसक्छ भन्ने थाहा भएन र उनको खुट्टामाथि शाहरुखको कारको पांग्रा कुद्यो ।’ आफ्नै कारणले घटना घटेपछि स्थिति सम्हाल्न शाहरुख नम्र देखिएका थिए।

प्रकाशित मिति: ४ चैत्र २०७३, शुक्रबार

प्रतिक्रिया दिनुहोस्