अनिल कपूरले छोरासँग स्क्रिन सेयर गर्ने


 


काठमाडौं, चैत ४

अनिल कपूर छोरा हर्षवर्दन कपूरसँग छिट्टै नै पर्दामा देखिने भएका छन् । उनीहरु सिनेमामा पनि बाउ छोरको भूमिकामा हुनेछन् । सा्रेतका अनुसार कनन अय्यरको निर्देशनमा बन्न लागेको अभिनव बिन्द्राको बायोपिकमा यी दुईले स्क्रिन सेयर गर्ने भएका हुन् ।

हर्षले सिनेमामा ओलम्पिक शुटरको भूमिका निभाउने छन् भने अनिल अभिनवको भूमिकामा देखिनेछन् जो चडीगढ बेस्ड उद्योगपति हुन् । बायोपिकको लागि अभिनवले ग्रिन सिग्नल दिईसकेको जानकारी छ । कननले यो भन्दा अघि सिनेमा एक थि डायनलाई निर्देशन गरेका छन् ।

प्रकाशित मिति: ४ चैत्र २०७३, शुक्रबार

प्रतिक्रिया दिनुहोस्