नेपाल एसबिआई बैंकको २४ औं वार्षिकोत्सव
काठमाडौ २४ असार । नेपाल एसबिआई बैंकले जुलाई ७ मा बैंकको २४ औं बार्षिकोत्सव मनाएको छ ।
यस अवसरमा बैंकले आयोजना गरेको सपथ ग्रहण समारोहमा बैंकका सबै कर्मचारीहरुले बैंकप्रतिको जिम्मेवारीका लागी आफ्नो प्रतिबद्धर्ता व्यक्त गरे । कार्यक्रमलाई सम्बोधन गर्दै प्रबन्ध निर्देशक तथा प्रमूख कार्यकारी अधिकृत रामकूमार तिवारीले बैंकको उपलब्धिको बारेमा प्रकाश पार्नूभयो ।
साथै, उहांले बैंकको दिगो प्रगती कायम राख्न व्यक्तिगत जिम्मेवारी वहन गर्नूपर्नेमा पनि जोड दिनूभयो । त्यसैगरी बैंकका नायब प्रमुख कार्यकारी अधिकृत तथा प्रमुख संचालन अधिकृत विकास आनन्दले बैंकको उपलब्धिमा योगदान पु¥याएकोमा सबै कर्मचारीलाई धन्यवाद दिंदै यसरी नै योगदानको निरन्तरताका लागि आग्रह गर्र्नुभयो ।
प्रमुख वित्तिय अधिकृत राजेश कुमार पंडाले सबै सरोकारवाला तथा सहभागीहरुलाई धन्यवाद ज्ञापन गर्नूभयो ।
उक्त अवसरमा बैंकले सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत सोही दिन काठमाडौंको कमलादी स्थित कर्पोरेट कार्यालय सहित सबै प्रदेश कार्यालयहरूमा रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । साथै, फरक रुपले सक्षम भएका व्यक्तिहरूलाई रूपन्देहीको भैरहवामा ह्वीलचेयर वितरण कार्यक्रम पनि आयोजना गरेको थियो ।
प्रकाशित मिति: २४ असार २०८२, मंगलबार
















