काठमाडौँबाट ४० किलो गाँजासहित पाँच जना पक्राउ



काठमाडौं । काठमाडौंबाट ४० किलोग्राम लागूऔषध गाँजासहित पाँच जनालाई पक्राउ परेका छन् ।

पर्नेमा धादिङ गजुरी–४ का निराजन चेपाङ, प्रकाश चेपाङ र शङ्कर चेपाङ, तथा काठमाडौं महाराजगञ्जका जीवन प्रजा र सुमन चेपाङ रहेका छन् ।

उनीहरूको साथबाट १ लाख २५ हजार रुपैयाँ नगद समेत बरामद गरिएको जल्ला प्रहरी परिसर काठमाडौंका सूचना अधिकारी अपिलराज बोहराले जानकारी दिए । काठमाडौं कोटेश्वरस्थित सुननम चेपाङको डेरामा लुकाइछिपाइ राखेको अवस्थामा सो परिमाणको गाँजा राखेको र बिक्री वितरण गरेको पाइएको उनले बताए ।

प्रकाशित मिति: २७ असार २०८२, शुक्रबार

प्रतिक्रिया दिनुहोस्