सुनचाँदी व्यवसायीको आन्दोलन स्थगित, ६ बुँदे सहमति



काठमाडौं । सुनचाँदी व्यवसायीले आफ्ना सबै आन्दोलनका कार्यक्रम फिर्ता लिएका छन् ।

अर्थमन्त्रालयमा गएराति भएको वार्तामा सरकारसँग ६ बुँदे सहमति भएपछि आन्दोनलका सबै कार्यक्रम स्थगित गरिएको हो ।

सहमतिसँगै आजदेखि आफ्नो व्यवसायमा फर्किने सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । सरकारले सुन र हिरामा लगाएको विलासिता कर खारेज हुनुपर्ने मागसहित सुनचाँदी व्यवसायीहरु पसल नै बन्द गरेर आन्दोलनमा उत्रिएका थिए ।

व्यवसायी र सरकारबीच विलासिताको परिभाषाभित्र राखिएको सुन तथा सुनका गरगहनाको विषयमा आवश्यक अध्ययन गरी पुनरावलोकन गर्न सिफारिस गरिने सहमति भएको छ ।

यसका लागि सरकारको तर्फबाट अर्थ मन्त्रालयका राजस्व व्यवस्थापन महाशाखा प्रमुखको संयोजकत्वमा कार्यदल गठन गर्ने सहमति भएको छ ।

प्रकाशित मिति: २७ असार २०८२, शुक्रबार

प्रतिक्रिया दिनुहोस्