कपिल शर्माले सुनिल ग्रोवरलाई ‘नोकर’ भनेपछि…



काठमाण्डौ, चैत्र ६

चर्चित भारतीय कमेडियन कपिल शर्मा आफ्नो लोकप्रियताका कारण घमण्डी बन्दै गएका खवर सार्वजनिक भइरहेका छन् । घमण्डीपनकै कारण अन्यमाथी उनले गर्ने गलत व्यवहार पछिल्लो पटक बढ्दै गएका छन् । द कपिल शर्मा शोका सहकर्मी सुनिल ग्रोवरमाथी उनले पछिल्लो पटक गरेको गालीगलौज र हातपातका कारण उनी यतिबेला फेरि विवादमा आएकाछन् ।

हालै अष्ट्रेलियाको मेलबर्नबाट मुम्बइ फर्किने क्रममा कपिलले सुनिलमाथी फ्लाइटमै गालीगलौज गरेको सार्वजनिक भएको छ । प्रत्यक्षदर्शी यात्रुले बताएअनुसार फ्लाइटमा कपिलले अध्यधिक रक्सी पिएका थिए । रक्सीले मातेका कपिल एक्कासी सुनिल बसेको सिटमा गएर गालीगलौज सुरु गरेका थिए ।

‘तेरो शो फ्लप भएको बेला मैले उद्दार गरेको हुँ’ भन्दै कपिलले सुनिललाई ‘तँ मेरो नोकर होस’ भन्दै अपमान गरेको प्रत्यक्षदर्शीले भारतीय मिडियालाई बताएका छन् । कपिलले अपमान गरेपनि सुनिल चुपचाप बसेका थिए । त्यसपछि हातपातमै उत्रिन लागेका कपिललाई शो का अन्य सदस्यले सम्झाइबुझाइ गरेका थिए ।

यो घटनाका विषयमा कपिल शर्माले घटना सामान्य भएको र सुनिलसँग जहिलेपनि विवाद भैराख्ने हल्का प्रतिक्रिया दिएका छन् । शो मा अहिले कपिलको भन्दा चर्चा बढी सुनिल ग्रोवरको हुनेगरेको छ । डा मशहुर गुलाटी र गुत्थीको भुमिकामा शोमा आउने सुनिल कपिल भन्दा लोकप्रिय रहेको समाचार आइरहेका बेला यो घटना भएको हो । बारम्बारको अपमान पछि सुनिलले कपिलको शो छोड्न सक्ने अनुमान भारतीय मिडियाले गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
सिधा सम्पर्क : ९८५२०५२२००
           
संस्थापक / प्रधान सम्पादक : ध्रुव सुबेदी
     
           
facebook
© 2023 Deshko News