भियतनाममा पर्यटक चढेको डुङ्गा पल्टियो, ३४ जनाको मृत्यु



काठमाडौं । भियतनाममा पर्यटक चढेको डुङ्गा पल्टिँदा कम्तीमा ३४ जनाको मृत्यु भएको छ । 

भियतनामको उत्तरमा खराब मौसमका कारण सो दुर्घटना भएको हो। आँधीबेहरी आएपछि ओन्डर सिज नामको सो डुङ्गा पल्टिएको थियो ।

५३ जना यात्रा दुङ्गा दुर्घटना हुँदा ३४ जनाको मृत्यु भएको हो । मृत्यु हुनेमा ८ जना बालक छन् । पानीबाट ११ लाई जिवितै उद्दार गरिएको थियो । धेरै जसो राजधानी हनोइबाट घुम्न गएका थिए ।

उद्धारकर्ता अहिले पनि उद्धार कार्यमा संलग्न रहेका छन् ।

प्रकाशित मिति: ४ श्रावण २०८२, आइतबार

प्रतिक्रिया दिनुहोस्