‘छक्का पञ्जा फेरि’ असोज ११ मा आउने


 


काठमाण्डौ, चैत्र ७

निर्माणको घोषणा मात्रै भएको सिनेमा ‘छक्का पञ्जा फेरि’ को प्रदर्शन मिति फेरिएको छ । छायांकनमा नजाँदै भदौ १६ गतेका लागि प्रदर्शन मिति तोकेको सिनेमाले आइतबार एकाएक आफ्नो प्रदर्शन मिति फेरेको छ ।

सामाजिक सञ्जाल मार्फत जानकारी दिँदै निर्माता तथा कलाकार दीपकराज गिरीले हाइलाइटस्लाई फिल्मको विदेश प्रदर्शन अधिकार दिएको भन्दै प्रदर्शन मिति बदलिएको पनि उल्लेख गरेका छन् । उनको स्ट्याटस अनुसार अब ‘छक्का पञ्जा फेरि’ असोज ११ मा आउने भएको छ ।
यस अघि ‘छक्का पञ्जा–२’ निर्माण गर्ने भनेर घोषणा गरेको सिनेमाको नाम केही दिन अघि एकाएक परिवर्तन गरेर ‘छक्का पञ्जा फेरि’ राखिएको थियो ।

प्रकाशित मिति: ७ चैत्र २०७३, सोमबार

प्रतिक्रिया दिनुहोस्