एनआईसी एशिया बैंकका ग्राहकलाई एएसजी आई केयर एण्ड हेल्थ सर्भिसले बीच आँखा उपचारमा छुट दिने



काठमाडौँ । एनआईसी एशिया बैंकका ग्रहकले एएसजी आई केयर एण्ड हेल्थ सर्भिसले बीच आँखा उपचारमा छुट पे ाउने भएका छन् ।

बैँक एएसजी आई केयरबीच आँखा उपचार सेवामा १५ प्रतिशतसम्म छुट उपलब्ध गराउने सम्झौता भएको छ ।
यस सम्झौतासँगै अब यस बैंकका ग्राहक महानुभावहरुले एएसजी आई केयर एण्ड हेल्थ सर्भिसमा आँखा उपचार सेवा लिई डिजिटल भुक्तानी गर्दा विभिन्न सेवाहरूमा १५ प्रतिशतसम्म छुट प्राप्त गर्न सक्नेछन् ।

ग्राहकले शल्यक्रियाहरूमा १५ प्रतिशत वा बढीमा १० हजार रुपैयाँसम्म, अन्यसेवाहरूमा १० प्रतिशतको छुटका साथै पहिलो पटक सेवा लिने ग्राहकले ओपीडी शुल्क र दर्ता शुल्कमा पूर्ण छुटको सुविधा उपभोग गर्न सक्ने बैंकले जनाएको छ ।

यस सुविधाको उपभोग गर्न ग्राहक महानुभावहरुले यस बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड वा प्रिपेड कार्ड प्रयोग गरी वा मोबैंक एपमार्फत भुक्तानी गर्नुपर्ने छ ।

यस बैंकले देशभरका विभिन्न अस्पताल तथा स्वास्थ्य संस्थाहरुमा सशक्त रुपमा डिजिटल भुक्तानीको पहुँच विस्तार गर्ने उद्देश्य अनुरुप एएसजी आई केयर एण्ड हेल्थ सर्भिससँगको यस सहकार्यले ग्राहक महानुभावहरुको स्वास्थ्य उपचार र मुलुकको डिजिटल भुक्तानी सेवालाई प्रवद्र्धन गर्न सहयोग पुग्ने बैंकको विश्वास छ ।

प्रकाशित मिति: ५ श्रावण २०८२, सोमबार

प्रतिक्रिया दिनुहोस्