एमाले केन्द्रीय कमिटी बैठक आज सकिँदै



काठमाडौं, साउन ६ । नेकपा (एमाले)को केन्द्रीय कमिटी बैठक आज सकिँदैछ ।

पार्टी केन्द्रीय कार्यालय च्यासलमा सोमबारदेखि सुरु भएको बैठक आज (मङ्गलबार) सकिन लागेको हो । बैठकमा केन्द्रीय सदस्यहरूले आआफ्नो धारणा राखिरहेका छन् ।

सोमबारको बैठकमा बोल्ने अधिकांश केन्द्रीय सदस्यहरूले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको बारेमा राजनीतिक निर्णय गर्नुपर्ने धारणा राखेका छन् ।

पार्टी केन्द्रीय सदस्यहरूले सचिवालय र पोलिटब्युरो बैठकका प्रस्तावहरूमा सहमति जनाएका छन् ।

बैठकमा उपाध्यक्ष विष्णु पौडेल र महासचिव शंकर पोखरेलले विधान संशोधन र सांगठनिक राजनीतिक प्रस्ताव प्रस्तुत गरेका गरेका थिए ।

प्रकाशित मिति: ६ श्रावण २०८२, मंगलबार

प्रतिक्रिया दिनुहोस्