कोशी, मेची र सहिद राजमार्ग अन्तर्गतका सडक अवरुद्ध, केही ठाउँमा एकतर्फी



काठमाडौं । बाढी पहिरोका कारण देशका विभिन्न तीन स्थानमा सडक अवरुद्ध भएको छ ।

कोशी राजमार्ग अन्तर्गत रानी विराटनगर–इटहरी–धरान–धनकुटा–हिले तथा लेघुवाघाट तुम्लिंटार–खाँदवारी–नुम–किमाथांका सडक अवरुद्ध भएको सडक विभागले जनाएको छ । 

मेची राजमार्ग अन्तर्गत केचना–चन्द्रगढी–चारआली–इलाम–फिदिम, गणेशचोक–ताप्लेजुङ–ओलाङचुङगोला अवरुद्ध भएको छ । 

त्यसैगरी सहिद राजमार्ग अन्तर्गत कोइलावास–लमही तथा अर्जुनखोला–घोराही–होलेरी–घर्तिगाँऊ–थवाङ लुकुम सडक अवरुद्ध भएको छ ।

विभागका अनुसार हाल देशभर ९८ स्थानमा सडक एकतर्फी मात्रै सञ्चालनमा छन् ।

प्रकाशित मिति: ६ श्रावण २०८२, मंगलबार

प्रतिक्रिया दिनुहोस्