एमालेमा केन्द्रीय सदस्यले बोल्ने क्रम सकियो
काठमाडौं ६ साउन । नेकपा एमालेको जारी केन्द्रीय कमिटी बैठकमा केन्द्रीय सदस्हरुले बोल्ने क्रम सकिएको छ ।
एक केन्द्रीय सदस्यले दिएको जानकारी अनुसार भूगोलबाट प्रतिनिधित्व गर्ने इच्छुक केन्द्रीय सदस्यले बोलेका छन् । आजको बैेठकमा १३१जनाले पार्टी विधान र समसामयिक बिषयमा आफ्ना धारणा राखेका छन् ।
बैठकमा अहिले केन्द्रीय निकायका प्रमुखहरुले बोल्न सुरु गरेका छन् । त्यसपछि प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीले बैठकका निर्णय सुनाउने तयारी रहेको एक पदाधिकारीले जानकारी दिए ।
प्रकाशित मिति: ६ श्रावण २०८२, मंगलबार










