भेरी नदीमा टिपर खस्यो, तीनजना बेपत्ता



सुर्खेत, साउन ७ । भेरी नदीमा गएराति टिपर खस्दा तीनजना बेपत्ता भएका छन् ।

जाजरकोटको नलगाड नगरपालिकाको दल्लीबाट जाजरकोटकै रिम्नातर्फ आउँदै गरेको भेरी करिडोरको काम गर्दै आएको यती विल्डर्सको रा१क १५०१ नम्बरको टिपर रुकुमपश्चिमको आठबीसकोट–१४ पिपलचौरबाट भेरी नदीमा खसेको थियो ।

इलाका प्रहरी कार्यालय रिम्नाका प्रहरी नायब निरीक्षक शिउकुमार चौधरीका अनुसार टिपरमा चालकसहित तीनजना सवार थिए । उनीहरुको अवस्था अज्ञात छ ।

बेपत्ताको खोजीमा रुकुमपश्चिम र जाजरकोटको प्रहरी टोली परिचालन गरिएको प्रहरी नायब निरीक्षक चौधरीले बताए ।

भेरी नदीमा पानीको मात्रा अत्यधिक भएकाले बेपत्ताको खोजी गर्न कठिनाइ भइरहेको उनले जानकारी दिए ।

बेपत्ता भएकाहरुको नाम ठेगाना केही खुल्न नसकेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: ७ श्रावण २०८२, बुधबार

प्रतिक्रिया दिनुहोस्