चितवनमा एक पुरुष मृत फेला
चितवन, साउन ७ । चितवनको शक्तिखोर जङ्गलमा एक पुरुष मृत भेटिएका छन्।
कालिका नगरपालिका–९ मा पर्ने शक्तिखोर जङ्गलमा राप्ती नगरपालिका–११ का ५७ वर्षीय कृष्णबहादुर प्रजा मङ्गलबार साँझ मृत भेटिएका हुन्।
गत असार २८ गते घरबाट कालिका नगरपालिका–९ शक्तिखोर बस्ने छोरीलाई भेट्न गएका उनी सम्पर्कमा नआएपछि परिवार र आफन्तले खोजी गर्न थालेका थिए।
प्रजाको शव सडेगलेको अवस्थामा फेला परेको जिल्ला प्रहरी प्रहरीले जनाएको छ ।
प्रकाशित मिति: ७ श्रावण २०८२, बुधबार










