धरानमा आफ्नो शालिक बनेपछि किराँतीको टिप्पणी- कसैले नदेख्ने ठाउँमा लगेर गाडिदिनू
काठमाडौं । धरानमा आफ्नो शालिक बनेपछि पूर्वसंस्कृतिमन्त्री सुदन किराँतीले प्रतिक्रिया जनाएका छन् ।
सामाजिक सञ्जाल फेसबुकमार्फत उनले उक्त शालिक बन्नुपर्ने या बनाइनुपर्ने आफ्नो व्यक्तित्व नभएको भन्दै
त्यसलाई कसैले नदेख्ने ठाउँमा लगेर गाड्न सुझाव दिएका छन्।
उनले आफू मान्छेको शालिक बनाउने र शालिकलाई पूजा गर्ने संस्कृति विरोधीसमेत भएको बताएका छन् ।
उनले लेखेका छन्–
धरानमा मेरो शालिक बनाईदिनुहुने सबैलाई हृदय भित्रबाटै उच्च सम्मान गर्दछु।
सबैमा स्मरण रहोस्, मलाई मेरो शालिक बनाउने चाहना अहिले पनि छैन र पछि पनि हुने छैन। साँच्चै भन्नुपर्दा मान्छेको शालिक बनाउने र शालिकलाई पूजा गर्ने संस्कृतिको सिद्धान्तत म विरोधी हुँ।
फेरि मैले शालिक बनाउनु पर्ने किसिमको देशलाई योगदानपनि के नै पो गरेको छु र? त्यसैले त्यो बनिएको शालिक कसैले नदेख्ने ठाउँमा र कसैले कहिल्यै नभेट्ने गरी लगेर गाडिदिनु हुन स्थानीय सरकार धरानसँग माग गर्दछु।
प्रकाशित मिति: ७ श्रावण २०८२, बुधबार










