करेन्ट लागेर दुई किसानको मृत्यु



रौतहट । रौतहटमा धान खेतमा सिँचाइका लागि विधुतीय पानी तान्ने मोटर चलाउने क्रममा दुई जनाको करेन्ट लागेर मृत्यु भएको छ ।

जिल्लाको माधवनारायण नगरपालिका-४ बिशुनपूर्व मानपुरका-४० वर्षीय रामबाबु मुखिया र कटहरिया नगरपालिका–२ जमुनियाका ४२ वर्षीय मोक्तार देवानको करेन्ट लागेर मृत्यु भएको हो ।

इलाका प्रहरी कार्यालय गरुडाका अनुसार आफ्नै धान खेतमा सिँचाइका लागि मोटरबाट पानी हाल्ने क्रममा करेन्ट लागेर गम्भीर घाइते भएका मुखिया र देवानको प्रादेशिक अस्पताल गौरमा उपचारको क्रममा मृत्यु भएको छ ।

प्रकाशित मिति: ७ श्रावण २०८२, बुधबार

प्रतिक्रिया दिनुहोस्