प्रहरीले अब अपराध आरोपीको फोटो तथा भिडियो सार्वजनिक गर्न नमिल्ने



काठमाडौँ । प्रहरीले अब कुनै पनि घटना तथा अपराधको आरोपमा पक्राउ परेका व्यक्तिको फोटो तथा भिडियो सार्वजनिक गर्न नमिल्ने भएको छ ।

प्रहरी प्रधान कार्यालयले देशभरका प्रहरी कार्यालयहरूमा यस्तो परिपत्र गरेको हो।

जस अनुसार अब पत्रकार सम्मेलनमा वा कुनै पनि सूचना दिँदा पक्राउ परेका व्यक्तिको तस्बिर तथा भिडियो सार्वजनिक गर्न र पठाउन मिल्ने छैन ।

नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता, प्रहरी नायब महानिरीक्षक विनोद घिमिरेका अनुसार महान्यायाधिवक्ताको कार्यालयले तस्बिर, भिडियोहरू सार्वजनिक नगर्न प्रहरी प्रधान कार्यालयलाई यस्तो निर्देशन दिएको थियो ।

प्रकाशित मिति: ८ श्रावण २०८२, बिहिबार

प्रतिक्रिया दिनुहोस्