भक्तपुरमा एकै ठाउँमा दुई दिदी बहिनी मृत फेला
काठमाडौँ, साउन ८ । भक्तपुरमा एकै ठाउँमा दुई युवती मृत फेला परेका छन् ।
मध्यपुर ठिमी नगरपालिका ९ बोडेमा आज बिहान एकै ठाउँमा दुई युवती झुन्डिएको अवस्थामा फेला परेको जिल्ला प्रहरी परिसर भक्तपुरले जनाएको छ ।
एउटै डोरीमा झुण्डिएको अवस्थामा १७ वर्षीया मेनुका र उनकी बहिनी १५ वर्षीया श्रृजना कँडेल मृत फेला परेको प्रहरीले जनाएको छ ।
सुर्खेतको पञ्चपुरी नगरपालिका-८ घर भएका उनीहरू मध्यपुर थिमि नगरपालिका बोडे सिन्टिटारस्थित एक घरमा डेरामा बस्दै आएका थिए ।
प्रकाशित मिति: ८ श्रावण २०८२, बिहिबार










