सप्तरीमा सर्पदंशबाट एक महिलाको मृत्यु



सप्तरी । अग्निसाइर कृष्णासवरन गाउँपालिका- ६ मोहनपुरमा सर्पदंशबाट एक महिलाको मृत्यु भएको छ ।

स्थानीय इन्द्रबहादुर राईको ५० वर्षीया श्रीमती सङ्गीता राईको मृत्यु भएको इलाका प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक माधवप्रसाद काफ्लेले जानकारी दिए ।

तराईमा अत्यधिक गर्मीका कारण विषालु सर्पको बिगबिगी बढेको छ ।

प्रकाशित मिति: ८ श्रावण २०८२, बिहिबार

प्रतिक्रिया दिनुहोस्