नेपाली पासपोर्टको शक्तिमा गिरावट, सिंगापुर पुनः शीर्ष स्थानमा



काठमाडौं । विश्वका शक्तिशाली पासपोर्ट (राहदानी) हरूको सूचीमा नेपाल ९२औं स्थानमा परेको छ ।

हेन्ली पासपोर्ट सूचकांक २०२५अनुसार विश्वका शक्तिशाली पासपोर्टको सूचीमा नेपाली पासपोर्ट अन्तिमबाट नवौं स्थानमा परेको हो ।

१०१ देशमध्ये नेपाली पासपोर्ट ९२ औँ स्थानमा छ । नेपालसँगै दक्षिण सुडान र नाइजेरियाको पासपोर्ट पनि ९२ औँ स्थानमै छ । गत वर्ष सन् २०२४ मा नेपालको पासपोर्ट ८७औँ स्थानमा थियो ।

छिमेकी मुलुक भारत ८५औं स्थानबाट ७७ औं स्थानमा पुगेको छ । बेलायत छैटौं स्थानमा झरेको छ भने अमेरिका १० औं स्थानमा पुगेको छ। हेन्ली सूचकांक २०२५ मा सबैभन्दा शक्तिशाली पासपोर्ट सिंगापुर हो हो ।

जापान र कोरिया संयुक्त रूपमा दोस्रो स्थानमा छन् । धेरै युरोपेली देशहरू तेस्रो र चौथो स्थानमा छन् ।

प्रकाशित मिति: ८ श्रावण २०८२, बिहिबार

प्रतिक्रिया दिनुहोस्