टिकाथलीबाट सात लाख रुपैयाँ बराबरको धनमाल चोरी



ललितपुर । ललितपुरको टिकाथलीमा सात लाख रुपैयाँ बराबरको धनमाल चोरी भएको छ ।

महालक्ष्मी नगरपालिका–५ टिकाथलीमा डेरा गरी बस्ने रुकुम पश्चिम मुसिकोट नगरपालिका–१३ घर भएकी २० वर्षीया निर्मला केसीको कोठाबाट बुधबार साँझ ७ लाख रुपैयाँ बराबरको धनमाल चोरी भएको हो ।

कोठाबाट नगद तथा नगद समेत गरी करिब ७ लाख रुपैयाँ बराबरको धनमाल चोरी भएको प्रहरीले जनाएको छ । प्र

हरीले चोरीमा संलग्न हाल फरार व्यक्तिको खोजी गर्नुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको जनाएको छ ।

प्रकाशित मिति: ८ श्रावण २०८२, बिहिबार

प्रतिक्रिया दिनुहोस्