प्रधानमन्त्री ओली आज महोत्तरी र बारा जाँदै
काठमाडौं, साउन ९ । प्रधानमन्त्री केपी शर्मा ओली आज महोत्तरी र बारा जाँदै छन्।
प्रधानमन्त्री ओलीले यी दुई जिल्लाका विभिन्न कार्यक्रममा सहभागी हुनका लागि त्यसतर्फ जान लागेका हुन् ।
उनले आज महोत्तरीको मटिहानी नगरपालिका–८ स्थित विग्ही नदी पुलको उद्घाटन, वडा नं ६ मा नवनिर्मित प्रसूतिगृहको उद्घाटन र सभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको उनको निजी सचिवालयले जनाएको छ ।
महोत्तरीमै जनकपुर–कुर्था–सम्सी सडकखण्ड रौजास्थित रातुखोला पुल उद्घाटन गर्ने कार्यक्रम रहेको छ।
यसैगरी उनले बाराको परवानीपुर गाउँपालिकाको नवनिर्मित प्रशासकीय भवनको उद्घाटन र सभालाई सम्बोधन गर्ने कार्यक्रम छ।
प्रकाशित मिति: ९ श्रावण २०८२, शुक्रबार










