कैलालीमा भरुवा बन्दुकसहित दुई जना पक्राउ
धनगढी । कैलालीको गोदावरीबाट अवैध भरुवा बन्दुकसहित दुई जना पक्राउ परेका छन् ।
गोदावरी नगरपालिका–८ स्याउलेबाट अवैध भरुवा बन्दुकसहित २६ वर्षीय राजकुमार चौधरी र २३ वर्षीय चन्द्र चौधरी पक्राउ परेका हुन् ।
विशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालयको अपराध अनुसन्धान समूह र अस्थायी प्रहरी बिट स्याउलेबाट खटिएको संयुक्त टोलीले उनीहरूलाई पक्राउ गरेको इलाका प्रहरी कार्यालय मालाखेतीका प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी) रणबहादुर चन्दले बताए ।
उनीहरू दुवैको घरमा खानतलासी गर्दा बन्दुक बरामद गरिएको चन्दले बताए ।
बरामद बन्दुकसहित दुवै जनालाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेका इलाका प्रहरी कार्यालयले जनाएको छ ।
प्रकाशित मिति: ९ श्रावण २०८२, शुक्रबार










