प्रतिनिधिसभाको बैठक आज बस्दै, यस्तो छ कार्यसूची



काठमाडौं । संघीय संसद् अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बस्दैछ ।

बैठक दिउँसो १:०० बजे सङ्घीय संसद् भवन नयाँ वानेश्वरमा बस्दैछ।

आजको बैठकमा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले ‘राष्ट्रियसभामा उत्पत्ति भएको तिलगङ्गा नेत्र विश्वविद्यालय  विधेयक, २०८१’ माथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची छ।

२०८१ असार ४ गते राष्ट्रियसभामा दर्ता भएको सो विधेयकलाई राष्ट्रियसभाले २०८१ चैत ४ गते पारित गरेको थियो।

प्रकाशित मिति: ९ श्रावण २०८२, शुक्रबार

प्रतिक्रिया दिनुहोस्