गाडीको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु



चितवन । चितवनको रत्ननगरमा गाडीले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु भएको छ ।

पूर्व–पश्चिम राजमार्गअन्तर्गत रत्ननगर नगरपालिका–३ शान्ति चोकमा भएको दुर्घटनामा मोटरसाइकल कालिका नगरपालिका–२ का ३५ वर्षीय मुकुन्द कँडेलको मृत्यु भएको हो ।

गएराति साढे १२ बजे खैरहनीबाट टाँडीतर्फ तरकारी बोकेर आउँदै गरेको प्रदेश २–०२–००१ च ०५१० नम्बरको गाडीले बा प्र ०६–००१ प ३५०९ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायब उपरीक्षक रविन्द्र खनालले जानकारी दिए ।

दुर्घटनामा घाइते मोटरसाइकल चालक कँडेलको उपचारका क्रममा भरतपुर अस्पतालमा राति १ः१९ बजे मृत्यु भएको हो ।

प्रहरीका अनुसार जनकपुरबाट काठमाडौंतर्फ जाँदै गरेको बसलाई ओभरटेक गर्ने बोलेरो गाडीले मोटरसाइकललाई ठक्कर दिएको थियो ।

प्रकाशित मिति: ९ श्रावण २०८२, शुक्रबार

प्रतिक्रिया दिनुहोस्