पूर्वराष्ट्रपति भण्डारीले आज पत्रकार सम्मेलन गर्ने



काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले आज पत्रकार सम्मेलन गर्ने तयारी गरेकी छन् ।

आज दिउँसो ३ बजे कार्की ब्यांक्वेट बबरमहलमा समसामयिक विषयमा आफ्नो धारणा सार्वजनिक उनल्र पत्रकार सम्मेलन गर्ने तयारी गरेकी हुन् ।

एमाले केन्द्रीय कमिटी बैठकले भण्डारीलाई सक्रिय राजनीतिमा आउन रोक्ने निर्णय गरेपछि उनले यसबारे धारणा सार्वजनिक गर्न लागेकी हुन् । 

उनले यसअघि मै आफू सक्रिय राजनीतिमा आइसकेको बताइसकेकी छन् । 

प्रकाशित मिति: ९ श्रावण २०८२, शुक्रबार

प्रतिक्रिया दिनुहोस्