सिराहामा भाइको खुकुरी प्रहारबाट दाइको मृत्यु
सिराहा, साउन ९ । सिराहाको गोलबजार नगरपालिका-३ स्थित मुसहर्नियाँमा बिहीबार बेलुका भाइको खुकुरी प्रहारबाट दाइको ज्यान गएको छ ।
घरायसी विवादका क्रममा २५ वर्षीय श्याम सदाले
झगडा छुट्याउन आएका आफ्ना ३५ वर्षीय दाइ मोतीराम सदालाई खुकुरी प्रहार गरेका हुन् ।
छातीमा गम्भीर चोट लागेका मोतीरामलाई उपचारका लागि लहान प्रादेशिक अस्पताल लगिएकामा चिकित्सकले मृत घोषणा गरेका थिए ।
शव परीक्षणका लागि अस्पतालमा राखिएको छ । इलाका प्रहरी कार्यालय गोलबजारका प्रहरी निरीक्षक गोविन्दप्रसाद साहका अनुसार घटनापछि आरोपी श्याम फरार रहेको र उनको खोजी भइरहेको छ ।
प्रहरीले घटनाबारे थप अनुसन्धान गरिरहेको जनाएको छ ।
प्रकाशित मिति: ९ श्रावण २०८२, शुक्रबार










