चितवनमा नहरमा डुबेर एक वृद्धको मृत्यु
चितवन । चितवनमा नहरमा डुबेर एक वृद्धको मृत्यु भएको छ।
पूर्वी चितवनको रत्ननगर नगरपालिका १६ स्थित हात्तीगाडे नहरमा आज बिहान ८ डुबेर ७५ वर्षीय कर्णबहादुर गुरुङको मृत्यु भएको हो।
बिहान ७ बजे घरबाट निस्किएका गुरुङ एक किलोमिटर दक्षिणमा पर्ने सो नहरमा ८ बजे मृत फेला परेको जिल्ला प्रहरी कार्यालय चितवनका सूचना अधिकारी रविन्द्र खनालले जानकारी दिए।
मृतक गुरुङको शव परीक्षणका लागि भरतपुर अस्पतालको शवगृहमा ल्याइएको छ।
घटनाको विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
प्रकाशित मिति: ९ श्रावण २०८२, शुक्रबार










