कञ्चनपुरका कैदीद्वारा शहीद गौतमको परिवारलाई सहयोग



कञ्चनपुर, चैत्र ८
कञ्चनपुरका कैदीबन्दीले भारतीय सुरक्षाकर्मीको गोली लागेर ज्यान गुमाएका शहीद गोविन्द गौतमको परिवार र घाइते टीकाराम चापागाईलाई सहयोग गरेका छन् ।

कैदीबन्दीले कारागारबाट प्राप्त गर्ने दैनिक सिदाबाट रकम बचाएर शहीद गोविन्द गौतमको परिवारलाई २५ हजार रुपैयाँ र घाइते टीकराम चापागाईको उपचारका लागि ८ हजार ४ सय १४ रुपैयाँ सहयोग गरेका हुन् ।

जिल्ला कारागार कञ्चनपुरमा पत्रकार सम्मेलनको आयोजना गरी कैदीबन्दीले १३ औं पुण्यतिथीको अवसर पारेर रकम जेलर श्यामराज भट्टलाई हस्तान्तरण गरी जिल्ला प्रशासन मार्फत पीडित परिवारलाई सहयोग गरेका हुन् ।

प्रकाशित मिति: ८ चैत्र २०७३, मंगलबार

प्रतिक्रिया दिनुहोस्