अधिकांश स्थानमा वर्षा, तीन प्रदेशमा ठूलो पानी पर्ने सम्भावना



काठमाडौं, साउन १३ । हाल देशभर मनसुनी वायुको प्रभाव छ । मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थानको आसपास र पूर्वमा सरदर स्थानभन्दा उत्तरतर्फ अवस्थित छ ।

जसले गर्दा कोशी, बागमती, कर्णाली र सुदूरपश्चिमका थोरै स्थान र बाँकी ठाउँका एक–दुई स्थानमा हल्का वर्षा भइरहेको छ । केही दिन कमजोर रहेको मनसुनी वायु सक्रिय भएपछि आइतबारदेखि पानी पर्न थालेको हो ।

जल तथा मौसम विज्ञान विभागका अनुसार आज दिउँसो कोशी, बागमती र लुम्बिनी प्रदेशलगायत देशका पहाडी भूभागका धेरै स्थान तथा तराई भूभागका केही स्थानमा चट्याङसहित मध्यम वर्षाको सम्भावना छ । कोशी, बागमती र गण्डकीका पहाडी भूभागका एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको महाशाखाले जनाएको छ ।

आज राति लुम्बिनीलगायत देशका पहाडी भूभागका थोरै स्थान तथा तराईका एक–दुई स्थानमा चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

प्रकाशित मिति: १३ श्रावण २०८२, मंगलबार

प्रतिक्रिया दिनुहोस्