पहिरोले अरनिको राजमार्ग अवरुद्ध



काठमाडौं, साउन १३ । अरनिको राजमार्ग अन्तर्गतको ईकु क्षेत्रमा पहिरो खसेपछि सडक पूर्ण रूपमा अवरुद्ध भएको छ ।

गएराति अबिरल वर्षापछि सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका–२, कोदारीस्थित सडक अवरुद्ध बनेको हो । पहिरोले राजमार्गको उक्त खण्डमा सवारी आवागमन अवरुद्ध बनेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

अहिले दुबै दिशातर्फका सवारी साधन रोकिएका छन् । सो क्षेत्रमा बाटो खुलाउने काम तीव्र रूपमा भइरहेको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकले जनाएको छ ।

प्रकाशित मिति: १३ श्रावण २०८२, मंगलबार

प्रतिक्रिया दिनुहोस्