नारायणी नदीमा बिहानै एक युवकले हाम फाले, खोजी हुँदै



चिनवन, साउन १३ । चिनवनस्थित नारायणी नदीमा आज (मंगलबार) विहानै एक युवकले हाम फालेका छन् ।

चितवन र नवलपुर पूर्व जोड्ने नारायणी नदीको पुलबाट करिब २० वर्षीय युवकले हाम फालेका प्रहरीले जनाएको छ । नदीमा हाम फालेका युवक बेपत्ता भएका छन् ।

युवकले नदीमा फाल हानेको जानकारी पाएपछि पुगेको प्रहरीले उनको खोजी गरिरहेका जिल्ला प्रहरी कार्यालय नवलपरासी पूर्वका एसपी यादव ढकालले जानकारी दिए । बेपत्ता युवकको नाम ठेगाना खुल्न नसकेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: १३ श्रावण २०८२, मंगलबार

प्रतिक्रिया दिनुहोस्