भेरी नदीमा पानीको सतह बढ्यो, सतर्कता अपनाउन आग्रह



सुर्खेत, साउन १३ । भेरी नदीमा पानीको सतह खतराको तह आसपास पुगेपछि स्थानीय प्रशासनले सतर्क रहन आग्रह गरेको छ ।

भेरी नगरपालिका–१ रिम्ना जाजरकोटमा रहेको भेरी रिम्जलमापन केन्द्रमा पानीको वहाब बढेको सूचना आएको प्राप्त भएपछि जिल्ला प्रशासन कार्यालय जाजरकोटले सर्तक रहन आग्रह गरेको हो ।

जाजरकोटका प्रमुख जिल्ला अधिकारी मेखबहादुर मङ्ग्रातीले नदी तटीय क्षेत्रमा रहेका बासिन्दालाई सर्तक रहन आग्रह गरिएको बताए । यसबारे पनि प्रहरीलाई पनि खबर गरिएको उनले बताए ।

प्रकाशित मिति: १३ श्रावण २०८२, मंगलबार

प्रतिक्रिया दिनुहोस्