पहिलो भेटमा महिला-पुरूषले एक अर्काकाे के हेर्छन् ?


 


महिला र पुरूषबीच यदी पहिलो भेट भएको छ भने कुनै पनि महिलाले पुरूषको आँखामा सबैभन्दा पहिले आँखा पुर्याउने र त्यसपछी हाँसो र उचाईमा ध्यान दिने एक अध्ययनले जनाएको छ ।

अध्ययनका अनुसार पुरुषहरू भने पहिलो भेटमा महिलाको आँखा र हाँसोपछी छाती हेर्ने गर्छन् । यसपछी पुरूषले महिलाको कपाल र तौलका बारेमा पनि विचार गर्ने गर्छन् ।

बेलायतमा गरिएको अध्ययनमा यस्तो नतिजा बाहिर आएको हो । करिब १ हजार महिला र १ हजार पुरूषमा गरिएको अध्ययनबाट उक्त नतिजा निकालिएको रिपोर्टमा जनाइएको छ । उक्त क्रममा ७० प्रतिशत पुरूषले आफूहरूले पहिलो आँखा, हाँसो र छाती हेर्ने गरेको बताएका थिए ।

अध्ययनले दिएको रिपोर्टका अनुसार आँखा र हाँसोबाट मानिसको धेरै कुरा जान्न सकिन्छ । यही अध्ययनका क्रममा केही परूष तथा महिलाहरूले भने एक-अर्काका अन्य कुराहरू पनि विचार गरेको भेटिएको थियो ।

महिलाहरू पुरूषको आँखा, हाँसो, उचाईपछी कपाल, लगाई, छालाको रंग, अनुहारको आकार, हिप्सको आकार र नाक समेत ध्यान दिने गर्छन् ।

यस्तै, पुरूषले महिलाका आँखा, हासोँ, छातीका साथै कपाल, तौल, लुगा लगाई, छालाको रंग हेर्ने गर्छन् ।

प्रकाशित मिति: ८ चैत्र २०७३, मंगलबार

प्रतिक्रिया दिनुहोस्