इराकमा तैनाथ शान्ति सैनिक स्वदेश फिर्ता



काठमाडौँ, १३ साउन । संयुक्त राष्ट्रसङ्घको आह्वानमा इराकमा शान्ति स्थापनाका निम्ति परिचालित शान्ति सैनिकको टोली फिर्ता भएको छ । आगामी पुस १६गतेसम्ममात्र राष्ट्रसङ्घको इराक ‘मिसन’सञ्चालन गर्ने योजनाअनुसार २७ जनाको अन्तिम टोली आज स्वदेश फिर्ता भएको हो ।

नेपाली सेनाको जनसम्पर्क सूचना निर्देशनालयका अनुसार यसअघि इराक मिसनबाट तीनवटा टोलीको  स्वदेश आगमन भइसकेको छ । 

प्रकाशित मिति: १३ श्रावण २०८२, मंगलबार

प्रतिक्रिया दिनुहोस्