बलात्कार आरोपमा प्रहरी जवान पक्राउ



काठमाडौँ, साउन १४ । बलात्कार आरोपमा हेडक्वार्टमा कार्यरत प्रहरी जवान पक्राउ परेका छन् ।

बलात्कार आरोपमा प्रधान कार्यालयस्थित सुरक्षा सेवा व्यवस्थापन महाशाखामा कार्यरत जवान मान बहादुर विक पक्राउ परेका हुन् ।

हात्तीवनस्थित डेरामा बलात्कार गरेको आरोपमा उनलाई मंगलबार पक्राउ गरिएको ललितपुरका एसएसपी श्यामकृष्ण अधिकारीले जानकारी दिए ।

बाजुराका स्थानीय प्रहरी जवान बिकले कालिकोट घर भएकी २६ वर्षीया युवतीलाई बलात्कार गरेको आरोप आरोप छ ।

बलात्कारपछि विकले सामाजिक सञ्जालमा ती महिला आफ्नी पत्नी भएको भन्दै पोस्ट गरेका थिए । प्रहरीका अनुसार पीडित युवती र आरोपी दुवै विवाहित हुन् ।

प्रकाशित मिति: १४ श्रावण २०८२, बुधबार

प्रतिक्रिया दिनुहोस्