बाढीले टिमुरे भन्सारमा क्षति
काठमाडौं, साउन १४ । तिब्बतमा भएको वर्षासँगै ल्हेन्दे खोलामा आएको बाढीले रसुवास्थित टिमुरे भन्सारमा क्षति पुर्याएको छ ।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार गोसाइकुण्ड गाउँपालिका २ मा ल्हेन्दे खोलामा आएको बाढीले टिमुरेस्थित भन्सार यार्डमा रहेको धर्मकाटा बगाएको हो ।
बिहान अन्दाजी २ बजेको समयमा बाढीले भन्सार यार्डमा रहेको धर्मकाटा बगाएको हो ।
अहिले पनि बाढीको सतह उच्च नै रहेकोले रसुवा, नुवाकोट र धादिङका भोटेकोशी र त्रिशूली नदी किनार र आसपासका नागरिकलाई सजकता अपनाउन अनुरोध गरिएको छ ।
प्रकाशित मिति: १४ श्रावण २०८२, बुधबार










