चार संसदीय समितिको बैठक बस्दै



काठमाडौँ । संघीय संसदअन्तर्गत आज चार वटा संसदीय समितिको बैठक बस्दैछ ।

दिउँसो १२ः३० बजे कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको बैठक बस्दैछ । बैठकमा ‘भूमिसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक, २०८२’ विषयमा छलफल हुनेछ ।

छलफलमा संघ र प्रदेश सरकारका सरोकारवाला मन्त्रालयहरू, नेपाल नगरपालिका संघ, गाउँपालिका राष्ट्रिय महासंघ नेपाल तथा भूमि, वन र कानुन क्षेत्रका विज्ञहरूको उपस्थिति रहनेछ ।

दिउँसो २ः३० बजे शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक बस्दैछ । समितिको कार्यकक्षमै बस्ने बैठकमा ‘मिडिया काउन्सिल विधेयक, २०८०’ माथि दफावार छलफल गर्ने कार्यसूची रहेको छ ।

त्यसैगरी, विधायन व्यवस्थापन समितिको बैठक १ः०० बजे बस्नेछ । उक्त बैठकमा ‘जलस्रोत विधेयक, २०८१’ सम्बन्धी दफावार छलफल हुनेछ ।

यस्तै, संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठक बिहान ११ः०० बजे बस्दैछ । उक्त बैठकमा ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयअन्तर्गतका राष्ट्रिय गौरवका आयोजनाहरूको कार्यान्वयन प्रगति, देखिएका समस्या, समाधान प्रयास तथा समितिको अपेक्षासम्बन्धी विषयमा छलफल गरिने कार्यसूची छ ।

प्रकाशित मिति: १६ श्रावण २०८२, शुक्रबार

प्रतिक्रिया दिनुहोस्