मुख्यमन्त्री लामालाई राजीनामा दिन देउवाको निर्देशन
मकवानपुर, साउन १६ । नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाले बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामालाई राजीनामा दिन निर्देशन दिएका छन् ।
सभापति देउवाले बिहीबार मुख्यमन्त्री लामालाई काठमाडौँ बोलाएर मार्ग प्रशस्त गर्न निर्देशन गरेको बताइएको छ ।
छलफलका क्रममा मुख्यमन्त्री लामालाई लोकतान्त्रिक विधिबाट आएको परिणामलाई स्वीकार गरेर जान सभापति देउवाको सुझाव रहेको थियो ।
प्रकाशित मिति: १६ श्रावण २०८२, शुक्रबार










