देउवाको निर्देशन मुख्यमन्त्रीले लामाले गरे अटेर



हेटौंडा । नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाले बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामालाई मार्ग प्रशस्त गर्न निर्देशन दिएका छन् ।

सभापति देउवाले बिहीबार मुख्यमन्त्री लामालाई काठमाडौं बोलाएर मार्ग प्रशस्त गर्न निर्देशन गरेको स्रोतको दावी छ ।

सरकारबारे छलफलका लागि सभापति देउवाले बोलाएपछि आफू विरामी भएकोले काठाडौं जानु परेको भन्दै पत्र बनाउन लगाएर लामा बिहीबार नै देउवा निवास पुगेका थिए ।

भेटमा सभापति देउवाले लामालाई पदबाट राजीनामा दिन निर्देशन गरेका हुन् । सभापति देउवाले पार्टी भित्रको कुरालाई धेरै नलम्ब्याउन निर्देशन गरेको पनि स्रोतको दावी छ ।

छलफलका क्रममा सभापति देउवाले मुख्यमन्त्री लामालाई लोकतान्त्रिक विधिबाट आएको परिणामलाई स्वीकार गरेर जान सुझाव दिएका थिए ।

तर, मुख्यमन्त्री लामाले भने आफ्नो टिमसँगको छलफलपछि मात्रै राजीनामा दिने कि नदिने भन्ने निर्णय गर्ने बताएका थिए ।

प्रकाशित मिति: १६ श्रावण २०८२, शुक्रबार

प्रतिक्रिया दिनुहोस्