एमएफएन च्याम्पियन बने नेपालका रविन्द्र ढाँट
काठमाडौँ, साउन १८ । रवीन्द्र ढाँट म्याट्रिक्स फाइट नाइट (एमएफए) १७ मा बान्टमवेट च्याम्पियन बनेका छन् ।
गएराति भारतको नोएडामा भएको खेलमा भारतका चोंगरेंग कोरेनलाई हराउँदै नेपालका रवीन्द्र च्याम्पियन बनेका हुन् ।
आफ्नो व्यावसायिक रेकर्ड ८–१ मा सुधार गर्दै रवीन्द्रले कोरेनको पाँच–लडाईको जितको शृंखलालाई भंग गरिदिए ।
रवीन्द्र उक्त उपाधि जित्ने पहिलो नेपाली फाइटर बनेका छन् । उनलाई नेपालका प्रधानमन्त्रीलगायत नेताहरुले पनि बधाई दिएका छन् । उनको घर बझाङ हो ।
प्रकाशित मिति: १८ श्रावण २०८२, आइतबार
















