माफि मागेका कपिललाई सुनिलले दिए यस्तो जवाफ


 


काठमाण्डौ, चैत्र ९

एक साथ कमेडी शोमा अभिनय गर्ने कपिल शर्मा र सुनिल ग्रोभरबीच विवाद बढ्दै गएको छ। दुवैबीच भएको झगडाका खबर पश्चात कपिलले आफ्नो कुरा राखे, माफी मागे र अब सुनिल ग्रोभरको जवाफ आएको छ ।

कपिलले ट्वीट गरेका थिए ‘पाजी, सुनिल ग्रोवर सरी, मैले अन्जानमा चोट पुर्याए। तिमीलाई राम्रोसंग थाहा छ कि म कति प्रेम गर्छु। म पनि अपसेट छु। प्रेम र शुभकामना सधै।’

अब सुनिलले जवाफ फर्काएका छन्। उनले ट्वीट गरेका हुन जसमा कपिल शर्मालाइ ट्याग गरेका छन् र लेखेका छन्, ‘भाइ जी, हो तपाईले मलाई गहिरो चोट पुर्याउनुभयो। तपाइसंग काम गरेर धेरै सिके । तपाईलाई एक सल्लाह, जनावरलाई बाहेक मान्छेलाई पनि सम्मान दिन सुरु गर्नुस्।’

प्रकाशित मिति: ९ चैत्र २०७३, बुधबार

प्रतिक्रिया दिनुहोस्