एएफसी महिला यू–२० : नेपालले पहिलो खेल भुटानसँग खेल्दै
काठमाडौँ, साउन २१ । एएफसी महिला यू–२० अन्तर्गतको पहिलो खेलमा नेपालले आज भुटानसँग खेल्दैछ ।
खेल थिम्पुस्थित चाङलिमियाङ स्टेडियममा साँझ पौने ६ बजे सुरु हुने छ । नेपाल समूह–ए मा छ । यस समूहमा बलियो उत्तर कोरिया र साउदी अरब पनि छन् ।
उत्तर कोरिया एएफसी एसियन कपको च्याम्पियन टिम हो । सो समूहमा रहेको अर्को टिम मंगोलियाले भने प्रतियोगिताबाट नाम फिर्ता लिएको थियो ।
३२ राष्ट्रको सहभागिता रहेको छनोटमा आठ समूह रहेका छन् । हरेक समूहका विजेता आठ टोली तथा उत्कृष्ट तीन उपविजेता टोलीले आगामी वर्ष थाइल्यान्डमा हुने यू२० एसिया कपमा स्थान बनाउने छ ।
प्रकाशित मिति: २१ श्रावण २०८२, बुधबार
















