अक्षय जस्ता पति हुँदाहुँदै मलाई यौन दुर्व्यवहार गरियो –ट्विङ्कल


 


काठमाण्डौ, चैत्र १०
अक्षय कुमारकी पत्नी ट्विङ्कल खन्नाले आफु यौन दुर्व्यवहारको शिकार भएको बताएकी छिन्। एक भारतीय पत्रिकामा एक लेख लेख्दै उनले यस्तो बताइएकी हुन । कामको सिलसिलामा एक धनी क्लाइन्टले मोबाइलमा अश्लील म्यासेज गरेको उनले पत्रिकामा लेखेकी छिन्।

‘मिसेज फनीबोन्स’ र ‘द लिजेन्ड अफ लक्ष्मीप्रसाद’ जस्ता किताब लेखिसकेकी खन्नाले पत्रिकामा थप लेखेकी छिन्, ‘मेरो विवाह यस्तो व्यक्तिसंग भएको छ, जो फिल्मको भित्ता मुक्का मारेर तोडिदिन्छ। तर यसको बावजुद मान्छेहरुले मलाइ छोडेनन् । यस्तोमा ती महिलाको हालत के हुन्छ होला, जसलाई कामको सिलसिलामा घर छोडर बाहिर हिड्नुपर्छ।’

प्रकाशित मिति: १० चैत्र २०७३, बिहिबार

प्रतिक्रिया दिनुहोस्